ताप्लेजुङकाे पाथीभरामा केबलकार निर्माणको विरोधबारे गृहमन्त्रीद्वारा चार जिल्लाका सांसदहरुसँग छलफल

 माघ १६, २०८१ बुधबार ७:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : गृहमन्त्री रमेश लेखकको सचिवालय

काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदहरूसँग छलफल गर्नुभएको छ ।

हिजो बेलुका गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गर्नुभएको हो । केबलकार निर्माणको विषयलाई लिएर गएको शनिवार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

झडपमा गम्भीर घाइते भएका तीन जनाको काठमाण्डौमा उपचार भइरहेको छ । थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले सांसदहरुसँग छलफल गर्नुभएको हो ।

छलफलमा सहभागी सांसद एवम् एमाले सचिव योगेश भट्टराईले वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको जानकारी दिनुभयो । उहाँले यसबारेमा सम्बन्धित मन्त्रालयसँग छलफल गरेर अघि बढ्ने सहमति भएको बताउनुभयो ।

यसैबीच कोशी प्रदेश सरकारले विरोध गर्दै आएको समूहलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको बैठकले असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको हो ।


 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया