टाइगर कप भलिबल : हेल्प नेपालसँग हार्दै एपीएफ बाहिरियाे

 माघ १६, २०८१ बुधबार १८:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराएको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको खेलमा हेल्प नेपालले एपीएफलाई ३–२ को सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ र पाँचौं सेट १५–१२ ले जित्यो । एपीएफले तेस्रो सेट २५–१३ र चौथो सेट २५–२३ ले जित्यो ।

अब हेल्प नेपालले लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्नेछ । यो खेलको विजेता टोली एलिमिनेटरमा पुग्नेछ । एपीएफ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबबीचको खेल भने स्थगित भएको छ । खराब प्रकाशका कारण सुनिल क्लबले २ सेट र आर्मीले १ सेट जितेको अवस्थामा खेल स्थगित भएको हो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया