घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
कपिलवस्तु – चालु दश वर्षलाई सरकारले समाजवादको आधार निर्माण दशकको रुपमा अघि बढाएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बताउनु भएको छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघले वाणगंगामा आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताउनुभयो ।
त्यसको आधारको रुपमा ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्व पश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू दश वर्षमा सम्पन्न हुने गतिमा सरकार अघि बढेको उहाँले बताउनुभयो । भारत–नेपाल र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको उहाँको भनाई थियो ।
चीनसँगका ४ वटा बन्दरगाहसम्मको पहुँचले अब नेपालमा सहज विकास हुने दाबी प्रचण्डको छ । अध्यक्ष दाहालले ‘अब नेपाल जमिनले घेरिएको भूपरिवेष्ठित देशको रुपमा होइन समुन्द्रसँग जमिनबाट जोडिएको देशको रुपमा’ परिचित हुने बताउनुभयो ।
तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्व शान्ति शहरको रुपमा यस क्षेत्रलाई विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा यसलाई विकास गर्न सकार अघि बढेको उहाँले बताउनुभयो ।
यसै गरी लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोडेर धार्मिक केन्द्रको रुपमा विकास गर्दै भारतीय क्षेत्रमा रहेका शक्तिपीठहरुलाई पनि यसमा जोड्दै धार्मिक पर्यटन विकासमा जोड दिने उहाँले बताउनुभयो ।
देशभित्रका लगानीकर्ताहरुलाई उत्प्रेरित गरी लगानीमैत्री वातावरण सृजना गर्न नेता प्रचण्डले सरकारलाई आग्रह समेत गर्नु भएको छ । आन्तरिक लगानी प्रवद्धन भए मात्रै विदेशी लगानी भित्र्याउन सकिने भन्दै यसका लागि सरकार संवेदनशील भई स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीतिमा अघि बढेको प्रचण्डले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।