पोखरा गोल्डकपमा एपीएफ र मच्छिन्द्र खेल्दै
माघ २३, २०८१ बुधबार
झापा – झापाको कनकाई नगरपालिका–४ को भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
भारतको बिहार राज्यको डिगल बैङ्क थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई हिजो बेलुका गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३० ग्राम ६ सय ९० मिलिग्राम बरामद भएको प्रहरीको भनाइ छ । मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार उनीहरु चढेको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि गोली चलाउनु परेको हो । प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।