नेपालकाे लगातार पाँचाैं हार, नेदरल्यान्ड्ससँग १० विकेटले पराजित
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटमा क्रिकेट एक्सलेन्स सेन्टर काठमाण्डौले पहिलो जीत हात पारेको छ । काठमाण्डौले न्यु होराइजन बुटवललाई ६ विकेटले हरायो ।
बुटवलले दिएको १ सय १ रनको लक्ष्य काठमाण्डौले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । काठमाण्डौका शुभ कन्साकरले नटआउट ५६ रन बनाए । बुटवलका तुलबहादुर थापाले २ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरमा ९ विकेट गुमाएर १ सय रन बनायो । बुटवलका प्रतीक श्रेष्ठले ३७ रन बनाए । काठमाण्डौका राज शाह र सूर्य तामाङले ३/३ विकेट लिए ।
यो जीतसँगै काठमाण्डौ २ खेलमा २ अङ्कसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । बुटवल २ खेलमा २ अङ्कसहित दोस्रो स्थानमा छ । प्रतियोगितामा अहिले समूह ‘ए’ का बोस्टन क्रिकेट झापा र घोडाघोडी–११ सुख्खड खेलिरहेका छन् ।
प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।