नेपालकाे लगातार पाँचाैं हार, नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

 माघ २३, २०८१ बुधबार १५:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार पाँचौं हार बेहोरेको छ । नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हरायो ।

नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेटायो । नेदरल्यान्ड्सका स्टेर कालिसले ९८ र पेबे मोलकेनबोरले ४८ रन बनाए । याे खेलमा कालिस र माेलकेनबाेरले १५१ रनकाे कीर्तिमानी साझेदारी गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सकाे महिला टाेलीले कुनै पनि विकेटका लागि गरेकाे याे सबैभन्दा ठूलो साझेदारी हो । यसअघि सन् २०१९ मा जर्मनीसँगकाे खेलमा दाेस्राे विकेटका लागि १ सय ४४ रनको साझेदारी गरेका थिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनायो । नेपालकी अलराउन्डर पूजा महतोले अर्धशतक बनाइन् । पूजाले ५१ बलमा नटआउट ६२ रन जोडिन् । यस्तै कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले २ विकेट लिइन् ।

नेपालले यसअघिका ४ वटै खेल हारेको छ । नेपाली महिला टोली नेदरल्यान्ड्स र थाइल्यान्डसँग २/२ पटक पराजित भएको छ । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल अङ्कविहीन हुँदै पुछारमा छ ।

लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृङ्खलाको उपाधि जित्नेछ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया