भारतले ५ वर्षमा पहिलो पटक ब्याजदर घटायो

 माघ २५, २०८१ शुक्रबार १५:१४:२ | एजेन्सी
unn.prixa.net

भारतको केन्द्रीय बैंकले झन्डै पाँच वर्षमा पहिलो पटक ब्याजदर घटाएको छ । एशियाको तेस्रो ठूलो अर्थतन्त्रको सुस्त आर्थिक वृद्धिलाई रोक्न ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले ब्याजदर घटाएको बीबीसीले जनाएको छ ।

धेरै अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप आरबीआईले आफ्नो रेपो दर ६.५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशत कायम गरेको छ । रेपो दर भनेको केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई कर्जा दिने स्तर हो ।

भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर चार वर्षको न्यून ६.७ प्रतिशतमा पुगेपछि ब्याजदर घटेको हो । आरबीआई गभर्नर सञ्जय मल्होत्राले बैंकले आफ्नो नीतिगत अडान तटस्थ राखेको बताउनुभएको छ ।  यसले थप दर कटौतीको सङ्केत गर्दै वृद्धिलाई समर्थन गर्न थप ठाउँ खोल्ने खबरमा उल्लेख छ ।

यस्तै आरबीआई गभर्नरले डिजिटल ठगीको घटना बढ्नु चिन्ताको विषय भएको बताउँदै आरबीआईले डिजिटल सुरक्षा बढाउन काम गरिरहेको उल्लेख गर्नुभयो ।

भारतीय रिजर्व बैंकले आर्थिक वर्ष २०२५ मा मुद्रास्फीति ४.८ प्रतिशत रहने अनुमान गरेको छ । पछिल्ला महिनाहरूमा शेयर बजारबाट विदेशी लगानीकर्ता भारी बहावका कारण भारतीय रुपैयाँ रेकर्ड न्यून विन्दुमा कारोबार भइरहेको छ । भारतमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाको नाफा पनि घटेको छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया