स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

 माघ २५, २०८१ शुक्रबार १५:३४:१५ | रासस
unn.prixa.net

काठमाण्डाै – दाङबाट प्रतिनिधित्व गर्ने तीन जना सांसदले स्वर्गद्वारी गुठीको दाङमा रहेको जग्गाको भोगचलन गरिरहेका मोहीहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजकाे प्रतिनिधि सभाको बैठकमा सांसदहरू रेखा शर्मा, अशोक चौधरी र मेटमणि चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद रेखा शर्माले मौलिक हकमा पनि प्रत्येक नागरिकलाई आवासको हकको व्यवस्था रहेको बताउँदै संविधान जारी भएको यतिका लामो समय भइसक्दा पनि गुठीसम्बन्धी कानून नबन्दा मोही किसानहरू समस्यामा परेका बताउनुभयो ।

सांसद अशोक चौधरीले जिल्लामा रहेका १६ हजारभन्दा धेरै मोही किसान दशकौंदेखि जमिनकाे स्वामित्वका लागि सङ्घर्ष गर्दै आएका र तीमध्ये स्वर्गद्वारी गुठीका मोहीहरू पनि रहेका बताउनुभयो ।

सांसद मेटमणि चौधरीले सरकारले पीडित किसानहरूको कुरा सुन्ने त परै जाओस् खोजखबर पनि नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

स्वर्गद्वारी गुठीका मोहीहरू काठमाण्डौको माइतीघर मण्डलामा आएर प्रदर्शन गरिरहेका छन् । एक हप्तासम्म माइतीघरमा प्रदर्शन गर्दा पनि सरकारले बेवास्ता गरेको सांसदहरूको गुनासो छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया