काठमाण्डौका ३० लाखभन्दा धेरै नागरिकको सुरक्षाका लागि साढे १० हजार जना प्रहरी

 माघ २५, २०८१ शुक्रबार १५:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा झन्डै ३० लाख नागरिकको सुरक्षाका लागि साढे १० हजार जनामात्रै प्रहरी रहेका छन् ।

काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार अहिले काठमाण्डाै उपत्यकामा ३० लाख २८ हजार ३ सय ८६ जना नागरिक रहेको तथ्याङ्क छ भने नेपाल प्रहरीको जनशक्ति १० हजार ६ सय ९ जनामात्रै रहेको छ ।

काठमाण्डाै उपत्यका प्रहरी कार्यालयअन्तर्गत रहेका प्रहरी निकायमा ११ हजार ७ सय ४९ जनाको दरबन्दी रहे पनि १ हजार १ सय ४० जनाको दरबन्दी रिक्त रहेको कार्यालयमा आयोजित पत्रकार सम्मेनलमा कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिनुभएको हो ।

एसएसपी खनालका अनुसार स्थायी जनसङ्ख्या सवा ३० लाख भए पनि तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा झन्डै ६० लाख जना मानिस रहने अनुमान छ ।

थोरै सुरक्षाकर्मीबाट पनि काठमाण्डाैका ३ वटा जिल्लामा लागू गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना–२०८१ तयार गरिरहेको कार्यालयका प्रमुखसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया