अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – सीवाईसी अत्तरियासँग हारे पनि न्यु होराइजन बुटवल अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको लिगको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनले हरायो ।
अत्तरियाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रनमात्र बनाउन सक्यो । बुटवलका प्रतीक श्रेष्ठले सबैभन्दा धेरै १८ रन बनाए । अत्तरियाका रशिद खान, विवेक यादव र शाहब आलमले २/२ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनायो । अत्तरियाका भीम सार्कीले ५८, विवेक यादवले ५१ रन बनाए । बुटवलका निर्मल गुरुङले २ विकेट लिए ।
अब बुटवलले पहिलो सेमिफाइनलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा पर्सि अत्तरिया र डीसीए धनगढी खेल्नेछन् ।
अर्जुन ट्रफी क्रिकेटको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो सोमवार माघ २८ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।