अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका लागि सरकारसँग आग्रह गरेका छन् ।
नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन अफ नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैंकर्स सङ्घले संयुक्त विज्ञप्ति निकालेर पछिल्ला दिनहरूमा भएका गतिविधिप्रति आपत्ति जनाएका छन् ।
विभिन्न बैंकका शाखाहरूमा कार्यरत कर्मचारीविरुद्ध अन्यावश्यक टिप्पणी गर्ने, धम्की दिने, बैंकिङ सेवा नै ठप्प पारी दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी, ढुङ्गामुढा तथा होहल्ला गर्ने लगायतका गतिविधि बढेको विज्ञप्तिमा उल्लेख छ ।
कुनै पनि बैंक/वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रूपमा कर्जाको साँवा र किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुने उनीहरूले बताएका छन् । बैंकिङ क्षेत्र पारदर्शी र सुरक्षित रहेको भन्दै विज्ञप्तिमा सामाजिक सञ्जालमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिन पनि आग्रह गरिएको छ ।
हिजो राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले पाथीभरा केबलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि गरेकाे कार्य गलत भएको टिप्पणी गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।