अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – सभामुख देवराज घिमिरेले प्यालेस्टिनी विद्रोही समूह हमासबाट अपहरित नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई पत्र पठाउनुभएको छ ।
अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै सभामुख घिमिरेले विपीनको सकुशल रिहाइका निम्ति पहल गरिदिन आग्रह गर्नुभएको हो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले गएको आइतवार सभामुखसँगको भेटमा विपीनको रिहाइका लागि संसदीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिनुभएको थियो ।
यसैबीच परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जोशीको रिहाइका लागि पहल गर्न इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन संवाद गर्नुभएको छ ।
इजरायल र हमास लडाकू समूहबीच पछिल्लो पटक युद्धविराम भएपछि बन्धकलाई मुक्त गर्ने प्रक्रिया चलिरहेको छ । कञ्चनपुरका विपीनको रिहाइका लागि नेपाल सरकारले गएको वर्षदेखि नै कूटनीतिक प्रयास गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।