नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
भारतीय क्रिकेटर गौतम गम्भीरले सन्यास लिएका छन् । पछिल्लो समय इण्डियन प्रिमियर लिगमा सीमित बनेका गाम्भीरले सन्यासको घोषणा गर्दा भने, ‘केही मेरो कथा लेखिरहेको थियो, अहिले उसको कलमको मसी सकियो ।’
भारतलाई सन् २००७ को टि–२० विश्वकप र सन् २०११ को एक दिवशीय विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका ३७ वर्षीय गम्भीरले ५८ टेस्ट, १४७ एक दिवशीय र ३७ टि–२० खेल खेलेका छन् ।
उनले टि–२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध ७५ रन बनाएका थिए भने एक दिवशीय विश्वकपको फाइनलमा ९७ रनको उत्कृष्ट पारी खेलेका थिए ।
रणजी ट्रफी अन्तर्गत आन्द्रविरुद्धको खेल ३७ वर्षे गाम्भीरको करियरको अन्तिम खेल हुनेछ । उनले टेस्टमा ११ शतकसहित ४,१५४ टेस्ट रनबनाएका छन् । एक दिवशीयमा भने उनले ५,२३८ रन जोडे ।
कोलकाता नाइट राइडर्सलाई सन् २०१२ र २०१४ को इण्डियन प्रिमियर लिगको उपाधि जिताउनका लागि गाम्भीरको भूमिका महत्वपूर्ण थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।