दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग

 माघ २६, २०८१ शनिबार ९:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई सात सय ५३ वटै पालिकाका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाउन कर्मचारी सङ्गठनले माग गरेको छ ।

दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले विज्ञप्ति निकालेर अहिलेको आर्थिक मन्दीलगायतका कारणले संस्थानको बजार सङ्कुचन हुँदै गएको र दूध तथा दुग्ध पदार्थको मौज्दात बढ्दै जाँदा समस्या आएको जनाएको छ ।

देशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वटै वडामा दूध र दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न सकेमा धेरै सहज हुने विज्ञप्तीमा उल्लेख छ ।

‘बसालौँ दूध तथा दुग्ध पदार्थ उपभोगको संस्कृति, ग्रामीण जनजीवनको उन्नति, राष्ट्रको प्रगति’ भन्ने मूल नाराका साथ राजनीतिक दल, सामाजिक सङ्घ, संस्था, विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रममा संस्थानका दूध र दुग्धजन्य पदार्थबाट बनेका परिकारको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।

कार्यक्रममा खाजा तथा चिसो पेयका ठाउँमा दूध तथा दुग्धजन्य पदार्थ नै उपयोगको व्यवस्था गर्न पनि माग गरिएको सङ्गठनका अध्यक्ष सहदेव अर्यालले बताउनुभयो ।

नेपाललाई दूधमा आत्मनिर्भर बनाउन र किसानको जीवनस्तर उकास्न पनि बजारको विस्तार हुनुपर्ने उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया