सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खलामा अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ । दोस्रो टेस्टमा अस्ट्रेलियाले घरेलु टोली श्रीलङ्कालाई ९ विकेटले हरायो ।
श्रीलङ्काले दिएको ७५ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको खाना समयअघि १ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका उस्मान ख्वाजाले २७, मार्नस लाबुशेनले २३ रन बनाए । श्रीलङ्काका प्रभात जयसूर्याले १ विकेट लिए ।
दोस्रो पारीमा श्रीलङ्का २ सय ३१ रनमा अलआउट भएको थियो । दोस्रो पारीमा श्रीलङ्काका एन्जेलो म्याथ्युजले ७६, कुसल मेन्डिसले ५० रन बनाए । अस्ट्रेलियाका म्याथ्यु कुन्हेमान र नाथन लायनले ४/४ विकेट लिए ।
यसअघि गालेमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले पहिलो पारीमा कुसल मेन्डिसको नटआउट ८५, दिनेश चन्डिमलको ७४ रनको मद्दतमा २ सय ५७ रन बनायो । अस्ट्रेलियाका मिचेल स्टार्क, म्याथ्यु कुन्हेमान र नाथन लायनले ३/३ विकेट लिए ।
अस्ट्रेलियाले पहिलो पारीमा एलेक्स केरीको १ सय ५६ र कप्तान स्टिभ स्मिथको १ सय ३१ रनको मद्दतमा ४ सय १४ रन बनायो । श्रीलङ्काका प्रभात जयसूर्याले ५ विकेट लिए ।
पहिलो टेस्ट क्रिकेट अस्ट्रेलियाले एक पारी र २ सय ४२ रनले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।