जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – आज सुरक्षित इन्टरनेट दिवस । बालबालिका र युवाको लागि अनलाइन प्रविधि र मोबाइल उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस एक सय ७० भन्दा धेरै देशहरूमा हरेक वर्ष फेब्रुअरी दोस्रो हप्ताको मङ्गलवार मनाइन्छ ।
बालबालिकाको इन्टरनेट सुरक्षाका लागि काम गर्ने संस्था चाइल्ड सेफनेटले सन् २०१९ देखि नेपालमा राष्ट्रिय सचिवालयको रूपमा सुरक्षित इन्टरनेट दिवस अन्तर्गतका कार्यक्रमहरूको समन्वय गर्दै आएको छ ।
सुरक्षित इन्टरनेट दिवसको अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्को अग्रसरतामा आज राष्ट्रिय स्तरको वेबिनार कार्यक्रम हुँदैछ । ‘सुरक्षित इन्टरनेटः सबैका लागि, सधैँका लागि’ भन्ने नाराका साथ आयोजना हुने वेबिनार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ ।
यो भर्चुअल छलफलमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणसमेतको आयोजकको रूपमा र विकास साझेदार तथा नागरिक सङ्घ–संस्था सञ्जालको समन्वय र सहयोग रहेको छ ।
कार्यक्रममा बालबालिकाको अनलाइन सुरक्षा तथा सुरक्षित इन्टरनेट सेवासम्बन्धी जानकारी लिन सकिनेछ । हरेक वर्ष सुरक्षित इन्टरनेट दिवसले डिजिटल दुनियाँमा युवाहरूले भोग्ने प्रमुख चुनौतीहरूलाई उजागर गर्दै आएको छ । यस वर्षको अभियान विशेष गरी अनलाइन ठगीमा केन्द्रित छ ।
यसको उद्देश्य युवाहरूलाई अनलाइन ठगीबाट आफूलाई कसरी सुरक्षित राख्ने भन्ने जानकारी दिने र यस सम्बन्धमा उपलब्ध सहयोगका स्रोतहरूबारे सचेत गराउनु हो ।
दिवसका अवसरमा अनलाइन ठगीको वास्तविक प्रभावबारे अध्ययन गरिनुका साथै युवाहरूलाई आफ्ना अनुभव तथा समाधान साझा गर्न प्लेटफर्म प्रदान गरिनेछ ।
यस वर्षको अभियानले अनलाइन वित्तीय सेक्सटोर्सन जस्ता जोखिमबारे जनचेतना अभिवृद्धि गर्नेछ । साथै, नयाँ प्रविधि – जस्तै जेनेरेटिभ एआईले ठगीका तरिकामा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा अनुसन्धान गरिनेछ ।
यस अभियानले सरकार, नीति निर्माताहरू, कानूनी निकाय, दूरसञ्चार नियामकहरू, प्रविधि कम्पनीहरू, इन्टरनेट सेवा प्रदायकहरू, सञ्चारमाध्यम तथा अन्य सम्बद्ध पक्षहरूलाई सुरक्षित इन्टरनेट सुनिश्चित गर्न आह्वान गरेको छ ।
साथै, युवाहरू, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, निजी क्षेत्र, विद्यालय तथा समुदायलाई डिजिटल वातावरणलाई सुरक्षित बनाउन प्रेरित गर्ने लक्ष्य राखिएको चाइल्ड सेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले बताउनुभयो ।
उहाँका अनुसार, डिजिटल दुनियाँमा बालबालिका तथा युवाहरू अनलाइन ठगी, सेक्सटोर्सन, अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा तथा डीपफेक यौन दुरुपयोग जस्ता नयाँ खतराको चपेटामा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।