सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – आज फेब्रुअरी ११ तारिख । संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष आजको दिन ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ मनाउने गरेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
संसारभर नै हरेक क्षेत्रमा लैङ्गिक समानताको कुरा भईरहदा विज्ञान प्रविधि र सूचना तथा अनुसन्धानको क्षेत्रमा महिलाको पहुँच बढाउन दिवस मनाउने गरिन्छ । दिन प्रतिदिन विज्ञानको महत्त्व बढिरहेको बेला यस क्षेत्रमा महिलाको उपस्थिति विश्वव्यपी रुपमा कम छ ।
नेपालमा मात्र नभई विश्वका विकसित देशहरुमा समेत विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक छैन ।
युनेस्कोले गरेको अध्ययन अनुसार विश्वभरका वैज्ञानिक खोज, अनुसन्धान गर्ने व्यक्तिहरूको सूचीमा महिलाको सहभागिता सङ्ख्या ३३ प्रतिशत पुगेको छ । यो आँकडा नेपालसँग पनि मेल खाने विज्ञहरु बताउँछन् ।
विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरुको समान पहुँच र नेतृत्व हुनुपर्ने नेपाली अनुसन्धानकर्ताहरूले बताउँदै आएका छन् ।
उच्च शिक्षामा विज्ञान प्रविधिगत क्षेत्रमा महिला सहभागिताको विश्वव्यापी तथ्याङ्कमा महिलाको सङ्ख्या कम छ । लैङ्गिक समानता आजको आवश्यकता र चुनौती दुवै भए पनि संसारभर विज्ञान प्रविधि क्षेत्रमा महिलाहरूको समान पहुँच हुन नसक्नु दुखको कुरा भएको त्रिभुवन विश्वबिद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन सस्थांनकी उप–प्राध्यापक डा.रमा पौडेलको भनाइ छ ।
उज्यालोसँगको कुराकानीमा उहाँले नेपालमा पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
सरकारले उच्च शिक्षा अध्ययन गर्ने छात्रादेखि विश्वविद्यालयका प्राध्यापकसम्मलाई सहज हुने नीतिगत व्यवस्था गर्न सके विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा काम गर्ने महिलाको क्षमता निखारिने र उपस्थिती पनि बढाउन सकिने विज्ञहरु उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।