हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

 माघ २९, २०८१ मंगलबार ९:३९:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजा क्षेत्रका बन्धकलाई रिहा नगरे युद्धविराम रद्ध गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ ।

हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने चेतावनी दिएसँगै ट्रम्पले बन्दी रिहा नभए युद्धविराम अन्त्य गर्ने बताउनुभएको हो ।

उहाँले युद्धविराम सम्झौताअनुसार हमासले बन्दी रिहा नगरे फेरि युद्ध शुरू गरेर हमासलाई सिध्याउने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहा नगर्ने बताएको छ । हमासले बन्धकको रिहाइ बन्द गर्ने भनेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या आएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया