जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याउनुभएको छ ।
मन्त्री चौधरीले नेपाल स्काउटको कर्मचारी नियमावली–२०५२ लाई संशाेधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको पुरानै व्यवस्थामा हस्ताक्षर गरेको कागजात बाहिरिएको थियो ।
नियमावलीको अनुसूची–४ (क) को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४) मा ‘मूल्यांकन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने वाक्य लेखिएको थियो ।
नियमावली टाइप गर्दा गल्ती भएको बताउँदै मन्त्रालयले त्यसलाई सच्याएर नेपाल सरकार बनाइएको जानकारी गराएको छ ।
स्काउटका राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका चौधरीले सच्याएर प्रमाणीकरण गरी कार्यान्वयनका लागि स्काउट प्रधान कार्यालयलाई पठाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।