हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
संयुक्त राज्य अमेरिकामा गाई फार्ममा काम गर्ने मानिसमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । नेभाडा राज्यको एक गाई फार्ममा काम गर्ने एक जना मानिसमा बर्ड फ्लु देखिएको र यो नेभाडामा पहिलो घटना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सङ्क्रमित व्यक्तिमा एच–५ एन–१ भाइरस देखिएको छ । चर्चिल काउन्टीको एउटा फार्ममा काम गर्दा सङ्क्रमित गाईको सम्पर्कमा आएपछि व्यक्तिमा बर्ड फ्लु सरेको अनुमान छ । त्यही फार्ममा काम गर्ने अरूमा भने सङ्क्रमण देखिएको छैन । नेभाडाका गाईहरूमा बर्ड फ्लु भाइरसको दोस्रो प्रजाति पत्ता लागेको केही दिनपछि मानिसमा सङ्क्रमण देखिएको हो ।
बर्ड फ्लु पहिले जङ्गली चरा र कुखुरामा मात्र पाइएकोमा अमेरिकामा गाई हुँदै मानिसमा सरिरहेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले एच–५ एन–१ एभियन इन्फ्लुएन्जाको स्वास्थ्य जोखिम भने कम रहेको बताएको छ । यो भाइरस व्यक्तिबाट व्यक्तिमा फैलिएको पनि कुनै प्रमाण छैन ।
सीडीसीका अनुसार सन् २०२४ देखि संयुक्त राज्य अमेरिकामा एच–५ एन–१ बर्ड फ्लु सङ्क्रमणबाट ६८ जना बिरामी परेकामा एक जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।