बागलुङका तीन वटा पालिका नदी र खोलाका माछा संरक्षणमा जुटे

 माघ २९, २०८१ मंगलबार १५:१८:३४ | रासस
unn.prixa.net

फाइल फाेटाे

बागलुङ – बागलुङका तीन वटा पालिका नदी र खोलाका माछा संरक्षणमा जुटेका छन् ।

गलकोट नगरपालिकाले तीन वर्षअघि जलचर संरक्षण ऐनअनुसार माछा संरक्षण गर्ने, युवालाई माछा मार्न अनुमति दिई आम्दानी लिन थालेको छ । माछाले फुल पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाउने, विषादी र करेन्ट लगाएर माछा मार्न नपाइने र अवैध माछा मार्नेलाई कारबाही गर्ने नीति कार्यान्वयन गरेपछि माछा उत्पादन वृद्धि भएको छ ।

फुल पार्ने समयमा माछा हुर्कन पाएपछि उत्पादन दोब्बर भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । यहाँको दरमखोलामा पाइने असला माछा प्रसिद्ध भएकाले संरक्षणसँगै स्थानीयवासीलाई रोजगारीमा जोड्न गलकोट नगरपालिकाले कानून निर्माण गरी लागू गरेको जनाएको छ ।

गलकोटकै अनुशरण गर्दै काठेखोला गाउँपालिकाले पनि १६औं गाउँसभामार्फत जलचर संरक्षण ऐन ल्याएको छ । काठेखोलामा पाइने असला माछा संरक्षण गर्ने, माछा मार्न निश्चित समयका लागि अनुमति प्रदान गर्ने र चलचरको सङ्कट टार्न ऐन ल्याएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले जानकारी दिनुभयो ।

जलचर संरक्षण ऐनमा करेन्टले माछा मार्न नपाइने, विष हाल्न नपाइने र दुवाली थुन्न नपाइने उल्लेख छ । ऐन कार्यान्वयन गरेपछि सङ्कटमा रहेका असला माछाको संरक्षण हुने र समुदायलाई आम्दानीको स्रोत वृद्धि हुने गाउँपालिकाले जनाएको छ ।

‘खोलाको क्षेत्रमा समूह गठन गरी संरक्षण र उत्पादनमा जोड दिने, गाउँपालिकाले माछाको उत्पादन बढाउन खोलामै पूर्वाधार बनाउनसमेत सक्नेछ’, उपाध्यक्ष थापाले भन्नुभयो, ‘समुदायलाई खोलाको, माछाको संरक्षणको जिम्मा दिएपछि उनीहरूले आम्दानी गर्न सक्नेछन् ।’

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया