रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

 माघ ३०, २०८१ बुधबार ७:२३:३० | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुई जनाको हत्याका आरोपी मृत अवस्थामा फेला परेका छन् ।

साकिम गाउँका ६० वर्षीया ढाटी बुढा र उहाँका नाति आठ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका भनिएका अन्दाजी ५१ वषीय चन्द्रसिंह पुन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार हिजो दिउँसो पुनले घरमै पुगेर हजुरआमा र नातिको हत्या गरी फरार भएका थिए ।

आरोपित पुनलाई खोज्दै जाँदा खुलखुले खोलामा मृत भेटिएका हुन् । खुलखुले खोला घटनास्थल साकिमबाट झण्डै आधा घन्टा टाढा पर्छ । डीएसपी खरेलले पुनको टाउकोमा गहिरो चोट देखिएको बताउनुभयो ।

भुमे गाउँपालिका–४ का वडाअध्यक्ष श्यामप्रसाद बुढाले घटनाले गाउँ नै शोकमग्न भएको बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया