जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी क्रिकेट नखेल्ने, हर्षित राणा टोलीमा भित्रिए

 माघ ३०, २०८१ बुधबार ७:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय तीव्र गतिका जसप्रित बुमराह आईसीसी च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विज्ञप्ति जारी गरेर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी नखेल्ने जनाएको हो । १५ सदस्यीय टोलीमा बुमराहको स्थानमा तेज बलर हर्षित राणा हुनेछन् ।

टोलीमा अर्को परिवर्तन पनि भएको छ । वरुण चक्रवर्तीलाई यशस्वी जायसवालको स्थानमा टोलीमा समावेश गरिएको विज्ञप्तीमा उल्लेख छ ।

च्याम्पियन्स ट्रफी यही फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र यूएईमा हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न नमानेपछि हाइब्रिड मोडलमा केही खेल पाकिस्तान र केही यूएईमा हुने तालिका छ ।

च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अष्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बङ्गलादेशले खेल्नेछन् ।


 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया