अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् । स्टार्कले व्यक्तिगत कारण भने पनि यसबारेमा थप खुलेको छैन ।
यसअघि नै समस्यामा रहेको अष्ट्रेलिया मिचेल स्टार्कको यो निर्णयबाट थप समस्यामा परेको छ । केही दिनअघि मार्कस स्टोइनिसले सन्न्यासको घोषणा गरेका थिए भने प्याट कमिन्स, जोश हेजलवुड र मिचेल मार्शले पनि चोटका कारण च्याम्पियन्स ट्रफी खेल्ने छैनन् ।
सेन एबट, बेन द्वारशुइस, जेक फ्रेजर–म्याकगर्क, स्पेन्सर जोनसन र तन्वीर संघालाई टोलीमा समावेश गरिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । च्याम्पियन्स ट्रफी यही फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र यूएईमा हुँदैछ ।
भारतले पाकिस्तान गएर खेल्न नमानेपछि हाइब्रिड मोडलमा केही खेल पाकिस्तान र केही यूएईमा हुने तालिका छ ।
च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अष्टे«लिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बङ्गलादेशले खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।