आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जना वृद्धको ज्यान गयो

 माघ ३०, २०८१ बुधबार १०:५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

 गुल्मी – आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जना वृद्धको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको गएराति घरमै आगो ताप्दै गर्दा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आउनुभएको थियो । भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोट बस्तुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक रामकुमार थापाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभएको छ । 
 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया