शनिवारसम्म हमासले थप बन्धक रिहा नगरे आक्रमण शुरू गर्ने इजरायलको चेतावनी

 माघ ३०, २०८१ बुधबार १०:४७:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच फेरि युद्ध शुरू हुने सङ्केत देखिएको छ । पछिल्ला घटना क्रमले युद्ध शुरू हुन सक्ने सङ्केत देखिएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यही शनिवारसम्म हमासले बन्दी मुक्त नगरे आक्रमण शुरू गर्ने चेतावनी दिनुभएको छ । उहाँले आफ्ना सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेश दिइसकेको पनि बताएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै शनिवार गर्ने भनिएको बन्दीको रिहाइ रोक्ने घोषणा गरेको थियो । हमासको घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताउनुभएको थियो ।

सन् २०२३ को अक्टुबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण शुरू गरेको थियो । गएको जनवरी १५ तारिखमा युद्धविराम सम्झौता भएको थियो ।

यो सम्झौतासँगै एकअर्काले बन्दी मुक्त गर्दै आएका थिए । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या निम्तिएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ ।

नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगेको ठानिएको थियो । तर उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया