मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनामा ३० वर्षमाथिका नागरिककाे निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । ३० वर्षमाथिका नागरिकमा नसर्ने रोगहरू– मधुमेह, उच्च रक्तचाप र मिर्गाैलासम्बन्धी रोगसहित शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभयो ।
स्वास्थ्य परीक्षण स्थानीय स्वास्थ्य संस्थामा हुनेछ । देशमा १ करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने मन्त्रालयको लक्ष्य छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यसअघि निरोधात्मक विधिबाट रोगहरूविरुद्ध प्रतिकारात्मक अभियान चलाउने घोषणा गर्नुभएको थियो । त्यही घोषणा अनुसार मन्त्रालयले १ महिनासम्म निःशुल्क परीक्षण अभियान चलाउन लागेको हो ।
मन्त्रालयले फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध स्क्रिनिङ अभियानसमेत सञ्चालन गर्ने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।