काठमाण्डाै महानगरमा नयाँ जनप्रतिनिधि आएपछि १ सय १६ वटा न्यायिक सुनुवाइ

 माघ ३०, २०८१ बुधबार १५:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले नयाँ जनप्रतिनिधिको कार्यकालमा अहिलेसम्म १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको छ । मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डङ्गोललगायतको टोली निर्वाचित भएपछि १ सय १६ वटा न्यायिक सुनुवाइ गरेको महानगरले सार्वजनिक गरेको ‘न्यायिक समिति : दिग्दर्शन’ नामक पुस्तकमा उल्लेख छ ।

पुस्तकमा उल्लेख विवरणानुसार मेयरको इजलासले हेर्ने ३ सय ६ वटा विवाद समाधानका लागि ३३ वटा सुनुवाइ भएको छ । जसमा १ सय ७४ वटा विवादमा निर्णय भएको छ भने ६५ वटा विवाद तामेलीमा राखिएको छ । ६ वटामा मिलापत्र भएको छ । मेयरकाे इजलासबाट भवन निर्माणको मापदण्डका विवाद हेर्ने व्यवस्था छ ।

यस्तै उपमेयरको नेतृत्वमा हुने महानगरपालिकाको न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरूपण भएको छ । ६ सय ८ वटा विवाद निरूपण हुँदा ३ सय २६ वटा विवादमा निर्णय भएको छ । १ सय ४१ वटा विवाद मेलमिलापको माध्यमबाट समाधान भएको छ । १ सय ३२ वटा निर्णयमाथि पुनरावेदन परेकोमा १५ वटा विवाद पुनरावेदन तहबाट टुङ्गिएका छन् । १३ वटा न्यायिक समितिको निर्णय पुनरावेदन तहबाट सदर भएको छ ।

यसैबीच महानगरपालिकाले अहिलेसम्म ५२ हजार ७ सय ४० जना सेवाग्राहीलाई निःशुल्क कानूनी सेवा प्रदान गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्म मात्र ६ हजार ८ सय ४७ जनाले सेवा प्राप्त गरेको पुस्तकमा उल्लेख छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया