मेलम्चीको पाइप फुटेपछि बबरमहलमा अस्पतालदेखि अदालतसम्मको सेवा प्रभावित

 माघ ३०, २०८१ बुधबार १७:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न भएको छ ।

आज दिउँसो पाइप फुटेर पानी बगेपछि विशेष अदालत र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । कार्यालयमा राखिएका गाडी र मोटरसाइकल डुबेका छन् । बबरमहलमा सडकसमेत भासिएको छ । यातायात पनि प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ रोकिएको छ । अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनुभयो ।

यस्तै पानीको भेल पस्ने डरले काठमाण्डाैको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरक्षा बढाइएको छ । अस्पतालमा नेपाल प्रहरी, नेपाली सेना, महानगर प्रहरी गरेर झन्डै २ सय जनाको सुरक्षा टोली खटिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया