काठमाण्डौको शङ्खरापुरमा स्कुलबस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

 फागुन १, २०८१ बिहीबार ६:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – काठमाण्डौको शङ्खरापुर नगरपालिका–५ कात्तिकेको साँखु–नगरकोट सडक खण्डमा हिजो बेलुकी स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु ४० जना घाइते भएका प्रहरीले जनाएको छ ।

चाबहिलको एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । वनभोज खाएर नगरकोटबाट साँखुतर्फ छुटेको बस साँझ ५ बजेतिर दुर्घटना भएको हो । 
 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया