मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको भूमिगत लाइन विस्तारका क्रममा हिजो बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा ३० लाख लिटर पानी सडकमा बगेर खेर गएको छ ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) का अनुसार करिब चार घण्टा पाइपबाट लगातार पानी खेर गएको हो । २० इन्चको पाइप फुटेर पानी बग्दा बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरु जगलमग्न भएको थियो ।
केयूकेएलका अनुसार मेलम्चीबाट ल्याइएको पानी सुन्दीजलको प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमा पठाइएको ७५ किलोमिटर पाइप लाइनमा रहेको सबै पानी बबरमहल क्षेत्रमा बगेको छ ।
आज बेलुकीसम्म क्षतिग्रस्त पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी भइरहेको केयूकेएलले जनाएको छ । पानी बगेको ठाउँमा सडकसमेत भासिएको छ । भासिएको सडक पनि तत्काल मर्मत हुने सडक डिभिजन कार्यालय काठमाण्डौले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।