अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीलाई राहत वितरण शुरू
फागुन १, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध तत्काल अन्त्य गर्न वार्तामा बस्न रुस तयार भएको बताउनुभएको छ ।
रुसी समकमक्षी भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन सहमत हुनुभएको ट्रम्पले दाबी गर्नुभएको हो । उहाँले युक्रेन युद्ध अन्त्य गर्नका लागि तत्काल वार्ता अघि बढ्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै राष्ट्रपति एक अर्को देशको भ्रमण गर्नसमेत सहमत भएको पुष्टि गर्नु भएको खबरमा उल्लेख छ ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र ट्रम्पबीच पनि फोन वार्ता भएको छ । दुवै देशका राष्ट्रपतिसँगको टेलिफोन कुराकानीपछि रुस –युक्रेन युद्ध तत्काल अन्त्य हुने विषयमा चर्चा शुरू भएको छ ।
विशेषगरि ट्रम्प–पुटिन संवाद निकै आशाजनक मानिएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।