इङ्गल्यान्डसँगको एकदिवसीय शृङ्खलामा भारतको क्लीन स्वीप

 फागुन १, २०८१ बिहीबार १०:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले इङ्गल्यान्डसँगको एकदिवसीय शृङ्खलामा क्लीन स्वीप गरेको छ । भारतले तेस्रो खेल एक सय ४२ रनले जितेर शृङ्खला ३–० ले जितेको हो ।

भारतले दिएको ३ सय ५७ रनको लक्ष्य पछाएको इङ्गल्यान्डले ३४ ओभर २ बलमा अल आउट हुँदै २ सय १४ रन मात्र बनायो । इङ्गल्यान्डका लागि टम बानटन र गस अटकिन्सनले समान ३८ रन बनाए ।

भारतका अर्शदीप सिंह, हर्षित राना, हार्दिक पाण्डेय र अक्क्षर पटेलले २–२ विकेट लिए । यस अघि पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा अल आउट हुँदै ३ सय ५६ रन बनाएको थियो ।

भारतका लागि शुभमन गिलले १ सय १२ रनको शतकीय पारी खेलेका थिए भने श्रेयस अय्यरले ७८ र विराट कोहलीले ५२ रन बनाएका थिए । योसँगै भारतले ३ खेलको सिरिज ३–० ले जितेको छ र शृङ्खलामा क्लीन स्वीप गरेको छ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया