आरसीबीले रजत पाटीदारलाई कप्तान बनायो

 फागुन १, २०८१ बिहीबार १३:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आउँदो मार्च २१ तारिखदेखि शुरू हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले रजत पाटीदारलाई कप्तान बनाएको छ ।

आज एक कार्यक्रमका बीच आरसीबीले पाटीदारलाई नयाँ कप्तान नियुक्त गरेको हो । आरसीबीले पूर्वकप्तान फाफ डुप्लेसीलाई रिटेन नगरेपछि र अक्शनबाट पनि नलिएपछि टोलीमा रहेका स्टार खेलाडी विराट कोहली कप्तान बन्ने चर्चा थियो तर टोली व्यवस्थापनले पाटीदारको नाम घोषणा गरेको हो ।

३१ वर्षीय रजत पाटीदारले सन् २०२१ मा आरसीबीबाटै आईपीएलमा डेब्यु गरेका थिए । उनले आईपीएलमा तीन सिजनमा २८ खेलमा १ सय ५८ भन्दा धेरैको स्ट्राइक रेटमा ७ सय ९९ रन बनाउँदै प्रमुख ब्याटरमध्ये एक बनेका छन् । आरसीबीले पाटीदारलाई ११ करोड भारतीय रुपैयाँमा रिटेन गरेको थियो ।

आरसीबीले तीन पटक फाइनल खेले पनि अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया