इटहरी गोल्डकपमा चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफा...
फागुन ७, २०८१ बुधबार
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता अनुसार बन्धक रिहा गर्ने भएको छ । हमासले सम्झौता कार्यान्वयनतर्फ आफू प्रतिबद्ध रही समयमै बन्धकहरू रिहा गर्ने बताएको हो ।
इजरायलले भोलि शनिवारसम्ममा हमासले बन्धकहरूलाई फिर्ता नगरे युद्धविराम समाप्त हुने चेतावनी दिएपछि सम्झौताअनुसार बन्धक रिहा हुने भएका बीबीसीले जनाएको छ ।
यसअघि इजरायलले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्दी रिहाइ नगर्ने चेतावनी दिएको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले बन्धक रिहा नगरे गाजामा युद्धविराम भङ्ग हुने र लडाइँ चर्कने चेतावनी दिनुभएको थियो ।
त्यसलगत्तै हमास निर्धारित समयअनुसार नै बाँकी बन्धकहरू रिहा गर्न तयार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने बताउँदै आउनुभएको थियो ।
यसैबीच इजिप्टको कायरोमा भएको वार्तापछि हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले अवरोधहरू हटाउने पुष्टि गरेको बताएको छ ।
यद्यपि, यस सम्बन्धमा इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । तर इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले दुई पक्षबीचको मतभेद कम गरेको र दुवै सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।