अर्थमन्त्री पाैडेल र मेयर आचार्यकाे उपचार शुरू, अवस्था खतरामुक्त

 फागुन ३, २०८१ शनिबार १७:२८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।

पोखरा सभागृहमा दिउँसो रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको झिल्कोले समातेको थियो । आगोको झिल्कोले समात्नेबित्तिकै अर्थमन्त्री पौडेल र मेयर आचार्यको हातमा रहेका दुवै बेलुन पड्किएका थिए । त्यसबाट निस्केको आगोको ज्वालाले जलेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते हुनुभएको हो ।

पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले उहाँलाई थप उपचारका लागि काठमाण्डाै रिफर गरेका हुन् । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा जलेको छ । त्यस्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । प्राथमिक उपचारपछि उहाँलाई काठमाण्डाै रिफर गरिएको हो । उहाँको अनुहार र गाला जलेको छ ।

पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डाै लगिएको हो । दुवैको कीर्तिपुरमा रहेकाे बर्न अस्पतालमा उपचार भइरहेको छ ।

पोखरामा २० लाख जना पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा गरिएको हो । गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको वर्ष चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो । भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगरका मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया