वन अतिक्रमण गरेर बनाइएका टहरामा डाेजर
फागुन ३, २०८१ शनिबार
काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा युनान युथले नेपालको युवा टोलीलाई २–० गोलले हरायो ।
चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा नेपालमा रहेको चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल आयोजना गरेका हुन् । खेलअघि दुवै देशका कलाकारले नृत्य, गायनका साथै सशस्त्र प्रहरी बलले ब्यान्ड प्रदर्शन गरेका थिए ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दूतावासले यो दोस्रो पटक मैत्रीपूर्ण फुटबल आयोजना गरेको हो । गएको वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।