वनभोजबाट फर्कँदै गरेका विद्यार्थी चढेको बस दुर्घटनामा थप एक जनाको ज्यान गयाे

 फागुन ४, २०८१ आइतबार १५:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको बुधवार नगरकोटमा वनभोज खाएर फर्कँदै गरेका विद्यार्थी तथा शिक्षकहरू चढेको बस दुर्घटनामा परी थप एक जनाको ज्यान गएको छ ।

सिन्धुपाल्चोककाे लिसङ्खु पाखर गाउँपालिका वडा नम्बर ६ घर भई अहिले काठमाण्डौको बौद्ध बस्ने १० वर्षीय सनसाइन तामाङको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ । यसअघि दुई विद्यार्थी र एक शिक्षक गरी तीन जनाको ज्यान गएको थियो ।

माघ ३० गते बुधवार नगरकोटमा वनभोज खाएर फर्किँदै गर्दा एसएस एकेडेमीको बा २ ख ७९५८ नम्बरको स्कुल बस काठमाण्डाैकाे शङ्खरापुर नगरपालिका वडा नम्बर ५ मा दुर्घटनामा परेको हो । बसमा ४६ जना रहेकामा ३२ जना उपचारपछि घर फर्किएका छन् । १० जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये पनि तीन जनाको अवस्था गम्भीर छ ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया