खोरुङ्गा–ताङमाया जलविद्युत निर्माणका लागि तेह्रथुम पावर कम्पनीलाई सर्वेक्षण अनुमति

 मंसिर १९, २०७५ बुधबार १४:५६:२५ | प्रकाश धौलाकोटी
unn.prixa.net

फाइल तस्बिर

तेह्रथुम – तेह्रथुमका खोरुङ्गा–ताङमाया खोलाबाट जलविद्युत आयोजना निर्माणका लागि विद्युत विकास विभागले तेह्रथुम पावर कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिएको छ ।

कम्पनीले विशेष साधारण सभामार्फत खोरुङ्गा–ताङमाया जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव पारित गरी विभागमा निवेदन गरेको थियो । कम्पनीले उक्त आयोजना दुई हजार किलोवाटको हुने प्रस्ताव गरेको छ । विभागले आयोजना निर्माणका लागि सर्वेक्षण गर्न अनुमति दिएको तेह्रथुम पावर कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले बताउनुभयो ।

उक्त कम्पनीले अहिले साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको काम अन्तिम चरणमा पुगेको र नयाँ आयोजना निर्माणका लागि समेत प्रक्रिया अगाडि बढाएको कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले बताउनुभयो ।

माथिल्लो खोरुङ्गा खोला निर्माणको काम ६० प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ । निर्माणाधीन सो आयोजना तेह्रथुमकै सबैभन्दा ठूलो विद्युत आयोजना होे । 

अन्तिम अपडेट: चैत ११, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया