युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई खनिज सम्झौताका लागि वार्तामा ...
फागुन ९, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पर्सि बुधवारदेखि शुरू हुने च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ ।
एकदिवसीय फर्म्याटमा विश्वकपपछिको प्रतिष्ठित प्रतियोगिताका लागि आईसीसीले सार्वजनिक गरेको सूचीमा पाकिस्तानका फखर जमान, न्युजिल्यान्डका ड्यारेल मिचेल, दक्षिण अफ्रिकाका हेनरिच क्लासेन, भारतका श्रेयस अय्यर र इङ्गल्यान्डका बेन डकेट परेका छन् ।
फखर जमानले ८५ एकदिवसीय क्रिकेटमा ४६.५० को औसतमा ११ शतक र १७ अर्धशतकसहित ३ हजार ६२७ रन बनाएका छन् । फखरलाई सईद अनवरपछि पाकिस्तानको सीमित ओभरको उत्कृष्ट ओपनर मानिन्छ । फखरसँग केही क्षणमै खेललाई परिवर्तन गर्न सक्ने क्षमता छ ।
ड्यारेल मिचेलले ४५ एकदिवसीय क्रिकेटमा ५०.४२ को औसतमा ६ शतक र ७ अर्धशतकसहित १ हजार ७ सय ६५ रन बनाएका छन् । न्युजिल्यान्डले मिचेलबाट धेरै अपेक्षा गर्नेछ, न्युजिल्यान्डले सन् २००० पछि पहिलो पटक च्याम्पियन्स ट्रफी जित्ने तयारी गरेको छ ।
हेनरिच क्लासेनले ५८ एकदिवसीय क्रिकेटमा ४४.१२ को औसतमा ४ शतक र १० अर्धशतकसहित २ हजार ७४ रन बनाएका छन् । मध्यक्रमका ब्याटर क्लासेनसँग थोरै समयमा नै आक्रमक खेल प्रदर्शन गरेर रन जोड्ने क्षमता छ । क्लासेनले विकेटकीपरको भूमिका पनि राम्रोसँग निभाउने क्षमता राख्छन् ।
श्रेयस अय्यरले ६५ खेलमा ४८.१८ को औसतमा ५ शतक र २० अर्धशतकसहित २ हजार ६ सय २ रन बनाएका छन् । पछिल्लो समय अय्यरमाथि भारतीय टोलीको निर्भरता बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा उनले मध्यक्रममा परिपक्व उपस्थिति देखाइरहेका छन्, उनको प्रदर्शनले शीर्षक्रमका ब्याटरलाई दबाव दिइरहेको छ ।
बेन डकेटले १९ खेलमा ४६.१६ को औसतमा २ शतक र ६ अर्धशतकसहित ८ सय ३१ रन बनाएका छन् । डकेटसँग राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्न सक्ने क्षमता छ । ओपनिङ ब्याटर डकेट शुरूदेखि नै आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।