लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारले संसद्मा दर्ता गराएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले विज्ञप्ति निकालेर सरकारले ल्याएका अध्यादेशहरूमा संसद्मा पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी गराउनुभएको हो ।
सरकारले माघ १८ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा ६ वटा अध्यादेश दर्ता गरे पनि निर्णयार्थ पेश हुन सकेको छैन । भूमिसम्बन्धी अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्ने नदेखिएपछि सरकारले अध्यादेश निर्णयार्थ पेश नगरेको हो ।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले अध्यादेशमा सहयोग गर्न एकीकृत समाजवादीलाई आग्रह गरेको चर्चाबीच पार्टीले अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० जना र राष्ट्रियसभामा ८ जना सांसद छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।