आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू होस्टेलमा फर्कन थालेका छन् ।
छात्रावासमा बस्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि निकालिएका विद्याथीहरू फर्किन थालेका हुन् । साथी मृत भेटिएपछि निष्पक्ष अनुसन्धानको माग गर्दै नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । त्यसपछि होस्टल प्रशासनले सबै नेपाली विद्यार्थीलाई निकालिदिएको थियो ।
सोमवार, मङ्गलवार र हिजो बुधवारसमेत भएको संवादपछि झन्डै दुई सय जना विद्यार्थी फर्किसकेका छन् । नेपाल फर्किएका विद्यार्थीहरूलाई पनि कलेज प्रशासनले आउनेजाने खर्च बेहोर्ने भन्दै कलेज फर्किन आह्वान गरेको छ ।
बीटेक पहिलो वर्षदेखि पीएचडीसम्म केआईआईटीमा १४ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । घटनाको छानबिनका लागि ओडिशा प्रहरीले तीन सदस्यीय समिति पनि बनाएको छ ।
यस्तै केआईआईटीले मृतक प्रकृति लम्सालको स्मरणमा नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति दिने घोषणा पनि गरेको छ ।
यसैबीच ओडिशा राज्यका शिक्षामन्त्री सूर्यवंशी सुरजले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताको प्रतिबद्धता गर्नुभएको छ । उहाँले सूचना निकालेर नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताका लागि चौबीस घण्टे सहायता कक्ष राखेको जानकारी दिँदै कुनै पनि सहायता आवश्यकता परेमा सहयोग लिनसक्ने जानकारी गराउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।