नेपालको निर्यात व्यापार साढे ४६ प्रतिशतले बढ्यो

 फागुन ८, २०८१ बिहीबार १४:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – नेपालबाट वस्तु तथा सेवाको निर्यात साढे ४६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा अघिल्लो वर्षको त्यही अवधिको तुलनामा निर्यात बढेको हो ।

विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्मको सात महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । गएको वर्ष यही अवधिमा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

माघ महिनामा मात्रै २९ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार भएको छ । विशेषगरी भटमास र सूर्यमुखी तेलको निर्यात बढोत्तरीले समग्र निर्यात नै वृद्धि भएको छ । सूर्यमुखी र भटमास दुवै नेपालको उत्पादन नभई आयात गरेर प्रशोधनपछि निर्यात हुने वस्तु हुन् । पछिल्लो चार महिनादेखि निर्यात व्यापारमा उल्लेखनीय बढेको हो ।

यस्तै चालू आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १० दशमलव ०९ प्रतिशतले धेरै हो ।

साउनदेखि माघसम्ममा नेपालले ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६ दशमलव २० प्रतिशतले बढी हो ।

भन्सार विभागले सात महिनामा दुई खर्ब ६५ अर्ब रुपैयाँ बराबरको भन्सार राजश्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १२ प्रतिशतले धेरै हो ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया