हनुमानढाेकामा पुरुषको शव भेटियो, अनुसन्धानका लागि २ जना पक्राउ

 फागुन ८, २०८१ बिहीबार १५:९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – काठमाण्डौको हनुमानढोकामा रहेको सानो पशुपतिनाथ मन्दिर अगाडि एक जना पुरुषको शव भेटिएको छ ।

बिहान झन्डै ३५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो । मृतकको पहिचान खुलेको छैन ।

शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । दुई जनालाई पक्राउ गरेर अनुसन्धा शुरू गरेको प्रहरी उपरीक्षक बोहोराले जानकारी दिनुभयो ।

यसैबीच हिजो बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या गरेकाे आशङ्कामा पक्राउ परेका ६ मध्ये २ जनालाई प्रहरीले छाडेको छ । मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया