आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
भारतको सङ्घीय राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी रेखा गुप्ताले शपथ लिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामलीला मैदानमा आयोजित समारोहमा मुख्यमन्त्री गुप्ताले शपथ लिनुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री मोदीसँगै अमित शाहलगायत भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व रहेको अन्य राज्यका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू उपस्थित थिए । गुप्तासँगै ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गर्ने परवेश वर्मा पनि मन्त्री बन्नुभएको छ ।
भाजपाले दिल्लीको नवौं मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताको नाम हिजो घोषणा गरेको थियो । रेखा दिल्लीको चौथो महिला मुख्यमन्त्री हुनुभएको छ । यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशी दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो ।
यसैबीच मुख्यमन्त्री रेखा गुप्ताले दिल्लीलाई समृद्ध र आत्मनिर्भर राज्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शपथपछि सामाजिक सञ्जाल एक्समा लेख्दै गुप्ताले दिल्लीवासीको आकाङ्क्षा पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ । दिल्लीमा भाजपा २७ वर्षपछि सरकारमा फर्किएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।