आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलअघि पाकिस्तानलाई ठूलो झड्का लागेको छ । पाकिस्तानी टोलीका ओपनिङ ब्याटर फखर जमान चोटका कारण प्रतियोगिताबाटै बाहिरिएका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ ।
पाकिस्तानले फखरको ठाउँमा इमाम उल हकलाई राखेको छ । च्याम्पियन्स ट्रफी २०२५ को पाँचौं खेलमा आउँदो आइतवार फागुन ११ गते भारत र पाकिस्तान खेल्दैछन् । उद्घाटन खेलमा पाकिस्तानले न्युजिल्यान्डसँग हार बेहोरेको थियो । कराचीमा भएको यो खेलमा फिल्डिङ गर्ने क्रममा फखर घाइते भएका थिए ।
सन् २०१७ मा पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जित्दा जमानले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
फखरकाे ठाउँमा टाेलीमा परेका २९ वर्षीय इमामले सन् २०२३ देखि पाकिस्तानका लागि खेलेका छैनन् र अन्तिम पटक त्यही वर्ष भएकाे एकदिवसीय विश्वकपमा खेलेका थिए । इमामले ७२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४८.२७ काे औसतमा ९ शतक र २० अर्धशतकसहित ३ हजार १ सय ३८ रन बनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।