केही ठाउँमा वर्षा र हिमपात, दिउँसोपछि मौसम सुधार हुने

 फागुन ९, २०८१ शुक्रबार ६:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – देशका केही ठाउँमा वर्षा र हिमपात भएको छ । पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै सङ्खुवासभामा १५.६ मिलिमिटर पानी परेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । दिउँसोपछि मौसममा सुधार हुनेछ । पानी परेको ठाउँका किसान हर्षित भएका छन् । तर धेरै ठाउँमा हिउँदे वर्षा हुन सकेको छैन ।

नेपालको मौसमी पात्रो अनुसार मंसीर १५ गतेदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद अबधि मानिन्छ ।

अब फागुन १५ गतेअघि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । हिउँद सुक्खा हुँदा कृषिबालीमा असरसँगै डढेलो, वायु प्रदूषण लगायतको जोखिम बढ्छ । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया