आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
अमेरिकी अधिकारीहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले महत्त्वपूर्ण खनिज सम्झौताका लागि वार्तामा फर्किनुपर्ने बताएका छन् ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनको महत्त्वपूर्ण खनिजमा अमेरिकी पहुँचमा सम्झौता गर्न आवश्यक रहेको बताउनुभएको हो ।
यसअघि जेलेन्स्कीले युक्रेनको खनिज सम्पदाको एक हिस्सा अमेरिकालाई युद्धकालीन सहायताको लागि फिर्ता गर्न सम्झौता गर्ने अमेरिकी योजनालाई अस्वीकार गर्नुभएको थियो ।
बीबीसीका अनुसार अमेरिकाले सम्झौतामा कुनै विशेष सुरक्षा ग्यारेन्टीहरू प्रस्ताव नगरेको युक्रेनको भनाइ थियो ।
राष्ट्रपति ट्रम्पको प्रस्ताव अस्वीकार गरेर यो हप्ताको शुरूमै युक्रेनले उहाँको अपमान गरेको भन्दै अमेरिकी अधिकारीहरुले युक्रेनको आलोचना गरेका खबरमा उल्लेख छ ।
युक्रेनमा लिथियम र टाइटेनियमसहित महत्त्वपूर्ण तत्व र खनिजहरूको ठूलो भण्डार छ । युक्रेनमा दुर्लभ खनिजहरूमा अमेरिकी पहुँचलाई सहायताको बदलामा साटासाट गर्न सकिने अमेरिकाको सुझाव दिँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।