स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, २७ गते उम्मेदवारी दर्ता
फागुन १०, २०८१ शनिबार
पर्सा – वीरगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन बढेको छ । कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यो गएको आर्थिक वर्षको यही अवधिमा सङ्कलित रकममा सात अर्ब ९५ करोड रुपैयाँले बढी हो । कार्यालयले सात महिनामा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो । गएको साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ राजस्व उठेको थियो ।
सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्न निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।