स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, २७ गते उम्मेदवारी दर्ता
फागुन १०, २०८१ शनिबार
काठमाण्डाै – माघ महिनामा आगलागीमा परी २२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघमा देशभर ४ सय ७८ वटा आगलागीका घटना हुँदा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ११ पुरुष, १० महिला र एक बालक रहेका छन् ।
माघमा आगलागीमा परी २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् । आगलागीमा परी दुई सय ४७ चौपाया मरेका प्रहरीले जनाएको छ ।
माघ महिनामा प्रदेशगत रूपमा सबैभन्दा धेरै कोशी प्रदेशमा एक सय २९ वटा आगलागीका घटना भएका छन् । यस्तै मधेशमा ८९, बाग्मतीमा ४२, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ३२ र सुदूरपश्चिममा ४७ वटा आगलागीका घटना भएका प्रहरीको तथ्याङ्क छ । यसैगरी काठमाण्डौ उपत्यकामा ३७ वटा आगलागीका घटना भएका छन् । माघमा आगलागीबाट ६८ घर र ६६ गोठमा क्षति पुग्दा १७ जना विस्थापित भएका प्रहरीले जनाएको छ । आगलागीका घटनाबाट एक महिनामा १८ करोड ४८ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।
यस वर्ष हिउँद सुक्खा हुँदा आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । सुक्खा मौसममा डढेलो लाग्ने र फैलने जोखिम उच्च हुन्छ । यसले वनमा मात्र क्षति नगरी बस्तीमा पसेर आगलागी निम्त्याउँछ । नेपालमा मनसुन भित्रिने बेला अर्थात् जेठ अन्तिमसम्म नै यस्ता घटना हुँदै आएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण डढेलो र आगलागीका घटना धेरै हुने गरेको पाइएको छ ।
पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेकोतर्फ सम्बन्धित निकायले ध्यान दिएर विद्यमान कानूनलाई परिमार्जनसहित समयानुकूल बनाउनुपर्ने उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।